Section 18
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) समितिको निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने गराउने,
(ख) बोर्डको अल्पकालीन तथा दीर्घकालीन योजना, वार्षिक कार्यक्रम र बजेट तयार गर्ने गराउने,
(ग) समितिबाट स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने गराउने,
(घ) बोर्डको लागि आवश्यक कर्मचारी नियुक्तिको लागि समितिसमक्ष सिफारिस गर्ने,
(ङ) समितिबाट स्वीकृत हुनु पर्ने प्रस्तावहरु समितिसमक्ष पेश गर्ने,
(च) तोकिएबमोजिमका अन्य काम गर्ने ।